News

कोरोनाबाट आज थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ९ सय ३४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । विगत २४ घण्टामा ९ हजार ८ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ।

विगत २४ घण्टामा ४ मृतकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए। कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ। मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन्।

Related Articles

Back to top button
Close