News

धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिलाको परिवारको स्वाब परीक्षण सुरु

काठमाडौं, ३ जेठ । धुलिखेल अस्तपालमा ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षीया सुत्केरी महिलाको परिवारको स्वाब परीक्षण सुरु भएको छ ।

अस्पतालले मृतक सुत्केरीको श्रीमान, सासु र नन्द र ‘बच्चाको स्वाब परीक्षण गर्न लागेको जनाएको छ । अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएपछि फेरि परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ।

स्वासप्रस्वासमा समस्या र ज्वरो देखिएको महिलाको बिहीबार राति १० बजे उपचारको क्रममा धुलिखेल अस्तपालमा ज्यान गएको थियो । उनी २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन् ।

धुलिखेल अस्तपालमा ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षीया सुत्केरी महिलाको परिवारको स्वाब परीक्षण सुरु भएको छ ।

अस्पतालले मृतक सुत्केरीको श्रीमान, सासु र नन्द र ‘बच्चाको स्वाब परीक्षण गर्न लागेको जनाएको छ । अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएपछि फेरि परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ।

स्वासप्रस्वासमा समस्या र ज्वरो देखिएको महिलाको बिहीबार राति १० बजे उपचारको क्रममा धुलिखेल अस्तपालमा ज्यान गएको थियो । उनी २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन् ।

Related Articles

Back to top button
Close