News

कोरोना संक्रमितहरूको संख्या २५ हजार नजिक पुगेपछि मन्त्रालयले चेतावनीसहित जारी गर्यो यस्तो सुचना

काठमाडौँ । नेपालमा कोरोना संक्रमितहरूको संख्या २५ हजार नजिक पुगेको छ । ज्यान गुमाउनेहरूको संख्या पनि ९६ पुगेको छ । पछिल्लो जानकारी अनुसार नेपालमा २४ हजार ९५७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये मा १६ हजार ८३७ जना निको पनि भइसकेका छन् । योबीचमा स्वास्थ्य मन्त्रालयले सबैका लागि भनेर अत्यन्त महत्वपूर्ण सूचना जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छः

कोरोना भाइरसको महामारी विश्वव्यापी भइरहेको र पछिल्लो समय नेपालमा समेत यसको प्रभाव बढ्दै गएको छ । तपाईं हामी सबै कोरोना संक्रमणको जोखिममा हुन सक्ने भएकोले परीक्षणका लागि नमुना दिने तर केही नभएजस्तै गरी सबै तिर हिँडडुल, भेटघाट, जनसम्पर्कमा आउनेजस्ता व्यवहार गर्नाले अन्य व्यक्तिहरुलाई संक्रमण हुनसक्छ वा अन्य व्यक्तिबाट तपाईं हामीलाई नै संक्रमण हुनसक्छ ।

त्यसैले आफूलाई शंका नलागी परीक्षण नगर्न नगराउन हुन र शंका लागी परीक्षणका लागि नमुना रिर्पोट नेगेटिभ नआउन्जेलसम्म अन्य व्यक्तिको सम्पर्कमा नगई अलग्गिएर बस्दिन हुन र नतिजा आइसकेपछि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई जानकारी गराउन उहाँहरूको निगरानी बढाउन परीक्षणका लागि सहयोग गर्न संक्रमण रोक्न भूमिका खेल्न हुन सबैमा अनुरोध छ ।

Related Articles

Back to top button
Close