International

सुशान्तको खाताबाट १५ करोड निकालिएको प्रमाणित, रियाको खातामा नगइ कहाँ गयो पैसा ?

मुम्बइ। सुशान्त सिंह राजपुतको खाताबाट उनकी गर्लफ्रेण्ड रिया चक्रवर्तीले १५ करोड रुपैयाँ निकालेर हिनामिना गरेको विषयमा प्रवर्तन निर्देशनालयले गरेको अनुसन्धानमा यो रकम सिधै रियाको खातामा नगएको पाइएको छ । यद्यपि सुशान्तको एउटा बैंक खाताबाट करिब १५ करोड रुपैयाँ निकालिएको भने पुष्टि भएको छ । अब निर्देशनालयले यो रकम कहाँ–कहाँ गयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ ।

मुम्बइ मिररको रिपोर्टअनुसार सुशान्तका कैयौं खाताबाट इन्टरनेट बैंकिङ र डेबिट कार्डबाट भएको ट्रान्जेक्सनको जाँच भइरहेको छ । इडी सूत्रका अनुसार यसरी ‘म्यापिङ’ गरेर पैसा कहाँ गयो र त्यो पैसा कुन प्रयोजनको लागि गयो भन्ने पत्ता लाग्नेछ । इडीले सुशान्त रिया र उनका भाइ शोभिक चक्रवर्तीसँग व्यवसायमा सहकार्य गर्न कसरी आए भन्ने पनि अनुसन्धान गरिरहेको छ । सुशान्तको लगानीमा स्थापित २ कम्पनीहरु फ्रण्ट इण्डिया वर्ल्ड फाउण्डेशन र भिभिडवेज रियालिटी एक्स प्रा.लि. का निर्देशक रिया र उनका भाइ शोभिक छन् ।

Related Articles

Back to top button
Close