Auto News

लञ्च भयो नेपाली मुल्य ३२ हजारमा पाइने विद्युतीय बाइक

जम्मा ३२ हजार रूपैयाँमा विद्युतीय बाइक पाइने भएको छ तर यो नेपालमा भने होइन । भारतमा स्टार्ट अप कम्पनी डिटेलले १९ हजार ९ सय ९९ भारु पर्ने ‘डिटेल इजी’ लन्च गरेको छ । कम्पनीले यो संसारकै सबैभन्दा सस्तो बाइक रहेको दाबी समेत गरेको छ ।

कम्पनीले यो विद्युतीय बाइक बलियो र भरपर्दो भएको दाबि गरेको छ । यसलाई खरिद गर्नमात्रै होइन चलाउन पनि कमै खर्च गरे पुुग्छ । यसमा ६ पाइप नियन्त्रित २५० डब्ल्यु इलेक्ट्रिक मोटर छ भने प्रतिघण्टा अधिकतम २५ किलोमिटरसम्म कुद्न सक्छ । डिटेल इजीको ब्याट्रीलाई ७ देखि ८ घण्टासम्म फुल चार्ज गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

यस साधन चलाउनका लागि चालकलाई लाइसेन्सको जरुरी पनि पर्नेछैन । त्यस्तै, यस साधनको दर्ता प्रमाणपत्र पनि आवश्यकता पर्दैन । कम्पनीले यस सवारी साधन किशोरहरुलाई बेच्ने लक्ष्य राखेको छ । यस साधनमा दुुईजना व्यक्ति सवार हुनसक्छन् । कम्पनीले नयाँ साधनमा ब्रेकिङ सिस्टमका रुपमा ड्रम ब्रेक रहेको जनाएको छ ।

Related Articles

Back to top button
Close