Intresting

कोरोना महामारीलाई लिएर मोटोपनाको समस्या भएकाहरुका लागि आयो यस्तो दुःखद खबर

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणलाई नयाँ खुलासाहरु हुँदैछन् । यो बीचमा मोटोपनाको उच्च भएका मान्छेहरु कोरोना संक्रमित जटिलतामा जाने र मृत्यु हुने सम्भावना धेरै भएको बताइएको छ । जसले टाइप टु डाइबेटिज (मधुमेह) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरू बताउँछन् । मोटोपनाका कारण कोभिड–१९ सुधार हुने सम्भावना कम हुने चिकित्सकहरूको बुझाइ छ ।

बेलायत सरकारले आउँदो शरद ऋतुमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु हुने आकलन गर्दै देशभर मोटोपना घटाउने अभियान नै सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसबाट टाइप २ मधुमेहजस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने अधिकारीहरूको विश्वास छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू कोरोना भाइरसबाट संक्रमित भएपछि सघन उपचार आवश्यक पर्नुको कारण मोटोपना भएको जनाएका थिए । त्यसैले पनि प्रधानमन्त्रीको कार्यालयले ‘मोटोपनाविरुद्धको लडाइँ’ नामकरण गरिएको अभियानमा प्रधानमन्त्री आफैंले रुचि देखाएको ठानिएको छ ।

अहिले प्रधानमन्त्री जोन्सन मानिसलाई साइकल चलाएर मोटोपना घटाउन उत्प्रेरित गरिरहेका छन् । बेलायतमा टिभीमा आउँने फास्टफुडका विज्ञापनहरुमाथि राति ९ बजेसम्म प्रतिबन्ध लगाउनेसहितको तयारी भइरहेको बताइएको छ । यो समयमा बच्चाले विज्ञापन देख्न सक्ने भएको हुँदा उनीहरुलाई यसबाट टाढा गर्नका लागि यो उपाय लगाउने तयारी हुँदैछ । अर्को पसल तथा मलहरुमा फास्टफुडसँग सम्बन्धित कुराहरु विशेष महत्व दिएर नराख्न भनिएको छ ।

होडिङ बोर्डहरुमा पनि मोटोपनलाई बल पुर्याउने कुराहरुको विज्ञापन गर्न नपाउने कानुन ल्याउन लागेको बताइन्छ । तपाँईलाई जानेर आश्चर्य नलाग्ला कि अहिले कोरोनाबाट मृत्यु हुने दर धेरै भएको देशमा मोटोपनको दर पनि धेरै रहेको छ । सामान्य रुपमा हेर्दा युरोप, अमेरिकाका मान्छेहरु अन्यको तुलनामा धेरै मोटा हुन्छन् ।सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close