News
साउदीबाट फर्केको ६६ औँ दिनमा को रोना पुष्टि, गाउँभरी त्रा स
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाही टोलका युवकमा साउदी अरबबाट फर्केको ६६ औँ दिनमा को रोना पुष्टि भएको छ। उनी फागुनको २८ गते हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं अवतरण भई २९ गते घर पुगेका खबर आजको नागरिक दैनिकमा लहानबाट मिथिलेश यादवले लेखेका छन्।
काठमाडौंबाट सार्वजनिक बस चढेर उनी घर पुगेका थिए। घर पुगेपछि उनी गाउँमा बाक्लै हिँडडुल गरेको स्थानीयले बताएका छन्। घर फर्केपछि उनले छरछिमेकका बालबालिकालाई चकलेट बाँडेका थिए।
वडा नम्बर १ का अध्यक्ष शुभनारायण यादवले भने, ‘उनी साउदीबाट फर्केको दुई महिनाभन्दा बढी भइसकेको छ। कति मानिसको सम्पर्कमा आए, ठेगान छैन। हाम्रो गाउँ नै बर्बाद हुने भयो।’ गाउँपालिकाका स्वास्थ्य संयोजक हरि चौधरीले युवकलाई शनिबार दिउँसो धनगढीमाई नगरपालिकामा रहेको कोभिड अस्थायी अस्पतालमा लगिएको जानकारी दिए।