News

भदौ १५ गतेसम्म सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गर्ने निर्णय (विज्ञप्तिसहित)

काठमाडौं । कोरोनाको जोखिम उच्च भएपछि ललितपुरको दक्षिण भेगमा रहेका ३ वटा स्थानिय तहले आजदेखि सार्वजानिक यातायात सन्चालनमा रोक लगाएको छ ।कोन्ज्योसोम, बागमती र महाँकाल गाउँपालिकाले आजदेखि भदौ १५ गते सम्मका लागि सार्वजानिक यातायात सन्चालनमा रोक लगाएका हुन ।

हिजो बसेको तिनैवटा गाउँपालिकाको बैठकले कोरोनाको जोखिम न्यूनिकरणका लागि यातायात चलाउन नदिने निर्णय गर्दै ठाउँठाउँमा चेकपोष्ट राखेर कडाई गरिने भएको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङतानले जानकारी दिए ।

गाउँपालिका कार्यालयबाट दिइने अत्याआवश्यकिय सेवा बाहेक अन्य सेवा पनि १५ दिनका लागि आजदेखि बन्द हुने उनले बताए। दुध, तरकारी र खाद्यन्न बोक्ने गाडीमा चालक र सहचालक मात्रै बसेर चलाउन पाइने अध्यक्ष सिङतानको भनाइ छ।

Related Articles

Back to top button
Close