Intresting

प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि बिरामी युवतीले गरिन् ‘हेभी मेकअप’- त्यसपछी खुल्यो यस्तो आनौठो र’हस्य

एजेन्सी / यदि तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । यस्तो अवस्थामा तपाईंलाई भेट्न आउने कोही पनि व्यक्तिले तपाईंलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन् । यद्यपि, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् ।

चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा निकै खुसी हुँदै क्याप्सन लेखिन्, ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् !’प्रेमीले आफूलाई कमजोर नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् ।

रेस्पिरेटर राखिएको उनको अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको थियो तर यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना गरे । उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने धेरैले बताएका छन् । उनको झुम्कामाथि पनि धेरैले प्रतिक्रिया दिँदै मानिसहरुले उनलाई बिरामीजस्तो नदेखिएको बताएका छन् । कतिले भने प्रेमीले चिन्ता लिने हुन् कि भनेर वाङ्मेयीले यस्तो गरेको हुनसक्ने बताउँदै उनको समर्थन पनि गरेका छन् ।

‘नेपालमा फेरी ८ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावना, सतर्क रहन आग्रह’ – अध्ययन प्रतिवेदन
नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको हो ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भ्विद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जानेमा कुनै शंका नरहेको दाबी गरे ।

गोरखा भूकम्पपछि हिमाली क्षेत्रको भौगर्भिक अध्ययन तथा विगतका भूकम्पहरुको इतिहास अध्ययन गरेका भूगर्भविद् विल्हमले हिमालय क्षेत्रमा ठूलो क्ष’ति पुग्ने गरी भू-कम्प को सम्भावना रहेको बताएका छन् । उनले गोरखा भूकम्पलाई हिमाली क्षेत्रको वि’नाश’कारी भूकम्प नभएको बताएका छन् ।

‘सबैभन्दा बढी वि’ना’श’कारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्या’न जा’न सक्छ,’ उनले भने, ‘सरकारले यस्तो वि’पत्तिको रोकथाम गर्न चाँडै नै भवनलाई बलियो बनाउने अभियान नै चलाउनुपर्छ ।’

काठमाडौंको ठूल्ठूला अपार्टमेन्टमा बस्ने डराएका छन् । ०७२ सालकै भूकम्पले ती अपार्टमेन्ट सुरक्षित छैनन् । यदि बुधबारको भन्दा ठूलो स्केलको भूकम्पको धक्का आए काठमाडौंका अधिकांश अपार्टमेन्टको अवस्था ना’जुक हुने देखिन्छ ।

Related Articles

Back to top button
Close