News

काठमाडौंमा आजबाट निषेधाज्ञा, के गर्न पाइन्छ,के पाइदैन (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।यससँगै आज विहानबाट अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ ।यसअघि कोरोना महामारीका कारण एक जना संक्रमित देखिएपछि सरकारले गत चैतबाट लकडाउन गरेको थियो । लकडाउन जारीरहँदा संक्रमित नघटेपनि सरकारले लकडाउन खुकुलो पार्यो ।

लकडाउन खुकुलो पारेसंगै उपत्यकामा दैनिक संक्रमितको संख्या बढेसंगै उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोछ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल पाण्डेका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै बीउबिजन, मासुजन्य पदार्थ, दाना र भेटरीनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन आदि सेवा पनि सञ्चालन हुने प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै, एम्बुलेन्स/शव वाहन/दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारी साधन निषेधाज्ञामा सञ्चालन हुन पाउँछन् ।

विवाहमा ७ जना मात्र जन्ती जान पाउने प्रावधान राखिएको छ ।यसबाहेक कोभिड १९ को क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापनसम्बन्धी काममा रहेकाहरुको सवारी साधनलाई फोटोसहितकोपरिचय पत्र र कार्य प्रयोजन खुल्ने सामग्री देखाएमा छुट दिइने छ ।

Related Articles

Back to top button
Close