News

आज थपिए ८३८ संक्रमित, कुल संक्रमितको संख्या ३०,४८३ पुग्यो

५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।कुल संक्रमित मध्ये हाल १२ हजार १ सय ३२ वटा सक्रिय केशहरु छन् ।आज शुक्रबार मात्र २ सय ५० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

वीरगञ्जमा कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु
५ भदौ, वीरगञ्ज ।पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

हिजोदेखि न उनको स्वास्थ्यमा गम्भीर समस्या आएको उपचारमा संलग्न चिकित्सकले बताए । उनले राति दुईपटक भेन्टिलेटरमा राखेर निकालिएको र बिहान फेरि अवस्था बिग्रिएर भेन्टिलेटरमा राखेपनि बचाउन नसकेको बताए ।

मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ ।नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

Related Articles

Back to top button
Close