Video

लकडाउनमा श्रीमतीसंग बस्दा बारम्बार केटाको फोन आएपछि श्रीमानले फालीए सिम, श्रीमतीले रिसाएर दुधे बालक छोडेर हिंडेकी ४ दिन देखि फर्किनन् (भिडियो)

अढाई वर्षको छोरा छोडेर वहाना बनाएर घरवाट निस्किन् तर अझै पत्ता लागकेो छैन । दाङको घोराही उपमहानगरपालिका १९ नम्बर वडामा माइत रहेकी युवती केही दिन देखि हराएकी छन् । उनको रोल्पामा विवाह भएको थियो । उनले काखे बालक छोडेर हिडेपछि परिवारका सदस्यले खोजि सुरु गरेका छन् । तर एक साता पुग्न लाग्दा पनि उनी फेला परेकी छैनन् । रुपा घर्ती सानो बालक छोडेर हिडेको बताइन्छ । घरका परिवारका सदस्यले माइत गएको बताउँछन् भने माइतीले भने रुपमा नआएको बताउँछन् । उनी हराएको एक साता हुँदा सम्म पनि प्रहरीमा उजुरी भने गरिएको छैन ।

माइती पक्षले भने आफन्त कहाँ खोज्ने क्रम जारी रहेकाले अहिले प्रहरीमा उजुरी नदिएको बताएका छन् । छोरीले आफुलाई घरमा यातना दिने गरेको आफुलाई बताएको आमाको भनाई छ । आफुहरुको छोरीको घर तर्फ कुनै नराम्रो सम्बन्ध नभएको र सम्धी सम्धिनीले केही नभनेको बताएकी छन् । सानो दुधे बालकले आमा खोजेर हिडेपछि बच्चाको बिचल्ली भएको छ । घरपक्षले छोरीलाई लुकाएको आरोप लगाएका छन् । तर माइती पक्षले भने छोरी हराएको बारे तत्काल खबर पनि नपाएको बताएका छन् ।

आफ्नो मोवाइल बिग्रेकाले अर्कैको घरमा फोन मार्फत खबर आएको र आफुले थाहा पाएको रुपाको वुवाले बताए । उनले फोनमा आफ्नो छोरी हराएको खबर थाहापाएपछि खोजि सुरु गरिएको उनको भनाई छ । एक दिन पहिला हिडेको छोरी अर्को दिन पनि माइत नआएपछि आफन्त र साथीकहाँ खोजि सुरु गरिएको रुपाको वुवाको भनाई छ । रोल्पाको हापखोलामा विवाह भएकी रुपमा माइती दाङ पनि आएकी छैनन् ।

उनका श्रीमान प्रदिप दसौदीले आफ्नो श्रीमती रुपमा माइतीमै रहेको आशंका गरेका छन् । श्रीमती जानु अघिल्लो दिन आफुहरुबीच केही झ’गडा नभएको उनको भनाई छ । केही दिन पहिला फेसवुकमा धेरै झु’ण्डिने र अरुसंग धेरै कुरा गर्ने भएका कारण सिम फालिदिएको बताए । उनले कसैलाई फोन गर्न परे मेरै मोवाइलवाट गर भनेर रुपाको मोवाइलको सिम फालिदिएको बताए । कोरोनाको जोखिमका कारण आफु क्वारेन्टाइनमा बसेको र आफु वेखर्ची भएका कारण श्रीमतीलाई धेरै मोवाइलमा कुरा नगर्न भनेको बताए ।

उनले फेसवुकमा केटा साथीले अनावश्यक कुरा गरेको देखेपछि ाफुले सम्झाएको बताए । आफु काठमाडौंवाट फर्केर आएपछि श्रीमतीको ब्यवहार भने फरक पाएको बताए । उनले आफुले कमाएको पैसा पनि माइतीमै राख्न दिने गरेको श्रीमानको भनाई छ । पैसा बचत गर्नका लागि आफुले त्यसो गरेको बताए । पहिला धेरै पैसा कमाउदा ससुरालीले माया गर्ने गर्थे तर काठमाडौंमा गएर काम गर्न थालेपछि भने ससुरालीवाट राम्रो ब्यवहार हुन छोडेको उनको भर्नाई छ ।

Related Articles

Back to top button
Close